रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ

असार २४ : रोल्पाको गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ ।

मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरी निवेदनका आधारमा नेपालगञ्जबाट खटिई गएको आयोगको टोलीले डाँगीलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, डाँगीले ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा गंगादेव गाउँपालिका वडा नं.२ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट पक्राउ गरिएको हो ।