यी खानेकुराहरु फ्रिजमा कहिल्यै नराख्नुहोस्

असार २५ : हामी धेरै खानेकुराहरु फ्रिजमा राख्ने गर्दछौं । छोटो अवधिका लागि प्रयोग गर्न मिल्ने सामानलाई लामो समयसम्म प्रयोग गर्ने उदेश्यले खानेकुराहरु फ्रिजमा राखीन्छ । तर कतिपय यस्ता खानेकुराहरु छन्, जुन फ्रिजमा राखेपछि स्वाद हराउने र स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन ।

खानेकुराको स्वाद, फाइदा लगायत त्यसबाट पाइने तत्व यथावत राख्ननका लागि यी खानेकुरालाई फ्रिजमा राख्दै नराख्नुहोस् ।

१. डेरी उत्पादनहरु : हामीले स्टक राख्न चाहाने पहिलो चीज हो दुध । छोटो अवधिका लागि दुध फ्रिजमा राखेपनि धेरै लामो समय राख्दा त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन । जब हामीले दुध फ्रिजबाट निकालेर पग्लिन्छ, त्यो स्वास्थ्यलाई राम्रो गर्ने अवस्थामा हुँदैन । त्यसैगरी चिजपनि कच्चा हुने र चीजी हुँदैन ।

२.फ्राई गरेका खानेकुरा :  हामीलाई फ्राइ गरेका खानेकुराहरु झुरुमझुरुम भएको मनपर्छ । तर यस्ता खानेकुराहरु फ्रिजमा राख्नासाथ भुरुम्मपन सिधै नष्ट हुन्छ । त्यसैले यस्ता खानेकुरा सकेजति खानुहोस र पछिलाई साँचेर फ्रिजमा नराख्नुहोस

३.नुडल्स :  नुडल्स पनि फ्रिजमा नराख्नुहोस । पाकेको होस वा नपाकेको नुडल्स र पास्टा जस्ता परिकार फ्रिजमा राख्न नहुने खाद्यविदहरु बताउँछन । नुडल्स सकेसम्म छोटो समयभित्र सकिने परिमाणमा किन्नुहोस ।

४. काक्रो : फ्रिजमा राखेपछि काक्रोको भिन्न स्वाद हुनुका साथै स्वस्थकर हुँदैन ।

५.फलफुल :  सुकाएका वा सुख्खा फलफुल मात्र फ्रिजमा राख्न सुरक्षित मानिन्छन । अन्य फलफुल फ्रिजमा राख्दा आकारमा परिवर्तन आउने, स्वाद भिन्न हुने र पौष्टिक तत्व घट्छ ।

६.फ्रिजमा राखिएको खुल्ला कफी :  बिन्स वा अन्य कफीले फ्रिजको बास्ना पक्रिने र कफीको स्वाद गुम्ने हुन्छ । जबकि नखोलिएका र प्याक गरिएका कफी ब्याग्सहरु भने केहि हप्ताका लागि मात्र फ्रिजमा राख्न सकिन्छ ।

७. टमाटर सस : प्राय सबैलाई स्यान्डबीच, चिप्स लगायत अन्य खाजामा केचअप अर्थात टोम्याटो सस प्रयोग गर्न मनपर्छ । तर यदि तपाईलाई केचअप बजारमा अभाब हुनेजस्ता लाग्छ भने घरमा ल्याउनुहोस तर फ्रिज बाहिर राख्नुहोस । फ्रिजमा आइसले जमेको केचअप पग्लिदा यसमा भएका टमाटर पेस्ट, पानी र भिनेगर सबै छुट्टिन्छ ।

यी माथि उल्लेखित खानेकुरा फ्रिजमा राख्दा स्वाद, तत्व, आकार लगायत विभिन्न विशेषतामा फरक आउँछ । त्यसैले कुन खानेकुरा फ्रिजमा राख्दा फरक पर्दैन, बुझेर निर्णय गर्नुहोस ।