असार २५ : नेपालमा थप १ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसंगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप ३१ जना निको भएका छन् ।

















