बैठक कोठालाई यसरी सजिलो तरीकाले सजाउँनुहोस्

असार २५ : हामीले बैठक कोठालाई काम गर्ने थलोका रूपमा प्रयोग गर्न यति व्यस्त हुन्छौं कि यसको सजावटका बारेमा ध्यान दिएकै हुँदैनौं । यस कोठालाई आरामदायक बनाउनुका साथै यसको सजावट गर्नु पनि आवश्यक हुन्छ । बैठक कोठाको साजसज्जाका सात तरीका यस्ता छन्

उज्यालो रङले ग्यालरी सजाउनुहोस्
आजकाल ग्यालरी वालहरू सजाउने फेशन छ । यो आफ्नो बैठक कोठालाई पर्सनल टच दिने उत्तम उपाय पनि हो । तपाईं भित्ताहरूमा प्रेरणादायक तस्वीर वा फिल्मी हिरोहरूको तस्वीर लगाउन सक्नुहुन्छ । तर, यस्ता तस्वीरहरू थोरै मात्र राख्नुपर्छ । हल्का उज्यालो रङको प्रयोग गर्नुपर्छ ।

रङका साथमा ऐना
यदि तपाईंको बैठक कोठा सानो छ भने त्यसमा ऐना लगाएर यसलाई ठूलो देखाउने भ्रम सृजना गर्न सक्नुहुन्छ । तर, पुरानो सादा ऐनाको सट्टा राम्रो फ्रेम भएको तथा विभिन्न रङका ऐना लगाउन सक्नुहुन्छ । यदि तपाईंको घरमा पुरानो ऐना छ भने त्यसलाई आफ्नो मन पर्ने रङ यसमा लगाउन सक्नुहुन्छ ।

सौन्दर्य बढाउन ढुङ्गाको भित्ता
यदि तपाईंले आफ्नो बैठक कोठालाई पूरै बदल्न चाहनुहुन्छ भने ढुङ्गाको भित्ताका बारेमा तपाईंले सोच्नैपर्ने हुन्छ । यसबाट पूरै कोठालाई एक ग्रामीण तथा प्राचीन लुक्स दिन सकिन्छ । यस्तो कोठामा तपाईंका बच्चाहरूले पनि आराम महसुस गर्नेछन् ।

उत्सुकतापूर्ण बनाउनुहोस्
सबै जनालाई सरल र पुराना वस्तु मात्रै राम्रो लाग्दैन । केही व्यक्तिलाई अन्यभन्दा केही फरक गर्न तथा आफ्नो घरलाई एकदमै अलग देखाउन मनपर्छ । यदि तपाईं पनि त्यस्ता मानिसहरूमा पर्नुहुन्छ भने तपाईंले पुनः बैठक कोठा सजाएर आफ्नो व्यक्तित्व प्रदर्शन गर्न सक्नुहुन्छ ।

सकारात्मकता ल्याउन चम्किलो रङको प्रयोग
चम्किलो रङलाई घरको सजावटमा प्रयोग गर्न डराउनु हुँदैन । यस्तो गर्नाले तपाईंले आफ्नो घरको चारैतिर सकारात्मकता महसुस गर्नुहुनेछ । बैठक कोठाको सम्पूर्ण सजावटलाई सन्तुलित बनाउन चम्किलो रङका साथै हल्का सतो रङ प्रयोग गर्नुहोस् ।

सजावटी सामानको प्रयोग
जहाँ रङले तपाईंको बैठक कोठालाई राम्रो देखाउँछ, त्यहीँ सजावटका सामग्रीको प्रयोग गर्नु पनि एउटा राम्रो विकल्प हो । बैठक कोठामा भुवादार गलैंचा बिछ्याउनाले पनि यसको शोभा बढ्छ ।