संस्कृतिको सम्वर्द्धनमा सरकार सधै तत्पर छ प्रधानमन्त्री : देउवा

असार २६ः नेपाली भाषा, कला, साहित्य र संगीतको रचनात्मक र सृजनात्मक कार्यमा सरकार सदैव सहयोगी र साथमा रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

आइतबार सरकारले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

नेपाली भाषा, कला, साहित्य र संगीत मुलुकका गहना, धरोहर र राष्ट्रिय गौरवका विषय भएको भन्दै जसका माध्यमबाट स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनेको बताए ।

कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको थियो ।