असार २६ : बुटवलको एक होटेलमा पुरुषसँगै बास बसेकी युवती बिहान मृत अवस्थामा फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएका छन् । सदीक्षासँगै बसेका युवक पक्राउ परेका छन् ।
उनीहरु विच कस्तो सम्बन्ध थियो मृत्यु पछाडिको कारणबारे सून्य लेभलबाट अनुसन्धान भइरहेको प्रहरीको भनाई छ, मृतक सदीक्षाको मृत्युको कारण स्पष्ट नभएसम्म लास नबुझ्ने उनको परिवारको माग छ।


















