नेपाली जामे मस्जिद र इदगाहमा बकर ईद एकआपसमा प्रेम साटफेर (तस्विर सहित)

असार २६ः आज आइतवार मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद नेपालमा समेत धुमधामका साथ मनाइएको छ।

नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समुदायले सामूहिक रूपमा नमाज पढेर ईद पर्व मनाउने गर्दछन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनुभयो ।

इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले सबैभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि उनले आफ्नै छोरोलाई छुरी रोपेर बलि दिएको देखे । भोलिपल्ट विपनामा उनले त्यसैगरी छुरा रोप्दा छोरालाई केही नभई आफुसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरुप यो पर्व मनाउने गरिएको हो ।

खासमा

जीवन र मरण हाम्रो वशमा छैन भनेर दर्शाउनु नै यसको उदेश्य हो । बरकर इदमा कुर्बानी दिनु एक प्रकारको प्रतिकात्मक सन्देश भएको उल्लेख गरिन्छ । यस पर्वमा मुस्लिम समुदायले अरूको सेवा गर्ने, दान गर्ने लगायतका काम गर्दछन् । यसैबीच नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

हजरत

मोहमदले कहिलै पनि मासु खाएनन् न त अवोध पशुपंक्षीको वध नै गर्ने आदेश दिए । बकर इदको बाहनामा अवोध पशुपंक्षी हत्या गर्नु र त्यसको मासु खानु महापाप हो भनिएको छ ।

अधिकांश मुस्लिमलाई मक्कामा हज तिर्थयात्रा जानु अनिवार्य मानिन्छ । यो साउदी अरबमा अवस्थित छ । मक्कामा हज यात्राका लागि एउटा निश्चित दिन तय गरिन्छ ।