काठमाडौं, असार ८ । सूचना ,सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सुचना र प्रविधिको विकासको लागि सरकार गम्भिर रहेको बताएकी छिन् ।
काठमाडौंमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै उनले सूचना र प्रविधिको काममा धेरै लोड भएता पनि सरकार गम्भीरता पूर्वक विकासको काममा लागेको बताएकी हुन् ।
उनले भनिन,‘सूचना र प्रविधिको काममा अत्ति लोड छ । त्यो कामलाई हामीले सम्पन्न गर्नुपर्ने छ । यसको मतलब हामी गम्भीर छैनौँ भन्ने होईन् । विकासमा हामी गम्भीर छौ ।’
ंउनले तीनै तहको सरकारका लागि सुशासनको अभाव ठूलो समस्या रहेको भन्दै सुशाासन कायमकालागि डिजिटल प्रयोग धेरै महत्वपूर्ण रहेको टिप्पणी गरिन् ।
मन्त्री शर्माले सबै क्षेत्रसंग सहकार्य गर्ने संस्थाको आवश्यकता देखिएको बताईन् ।









