जुम्ला, कार्तिक १६ । यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
यहाँका आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।
जसमध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।











