तोलामा ३ सय रुपैयाँ बढेर सुन १ लाख ५० हजार ७ सय पुग्यो

काठमाडौं ।  आज बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुन तोलामा ३ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन तोलामा १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।