शुक्रबार ६ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

प्रतितोला ६०० रुपैयाँले घटेर शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।