सिरियाको बफर जोन ‘कब्जा’ गर्न इजरेली प्रधानमन्त्री नेतान्याहुको आदेश

एजेन्सी । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरेली सेनालाई आदेश दिएका छन् ।

उनले दुवै देशबीच ५० वर्षको ‘विच्छेदन सम्झौता’ भत्किएको र ‘सिरियाली सेनाले आफ्नो स्थान त्याग्ने’ बताए । इजरेली कब्जामा रहेको गोलान हाइट्सको भ्रमण गर्दा नेतान्याहुले गरेको यो घोषणा सेनाले यस क्षेत्रमा सेना तैनाथ गरेको बताएपछि आएको हो ।

इस्लामिक नेतृत्वको विद्रोहीहरू सिरियाभरि द्रुत गतिमा अघि बढ्दै जाँदा इजरेलले एक दिन अघि नै आफ्ना सैनिकहरू शान्ति सैनिकहरूमाथि आक्रमण रोक्न सहयोग गर्न संयुक्त राष्ट्र–नियन्त्रित बफर जोनमा प्रवेश गरेको बताएको थियो ।

आइतबार सेनाले ‘बफर जोनमा सशस्त्र व्यक्तिहरूको सम्भावित प्रवेश’ भन्दै त्यहाँ सेनाको तैनाथीको घोषणा गरेको थियो ।