नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृता भेटिएका छन् ।
आफ्नै घरमा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन मृत फेला परेका हुन् । उनीहरु झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
घटनाबारे अनुसन्धान गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ ।
स्थानीयका अनुसार चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना भएको हो ।
 
						 सन्दर्भ टुडे
    
                						      सन्दर्भ टुडे                 						    







