अख्तियारले राहदानी विभागमा छापा मारेर नियन्त्रणमा लियो कागजात !

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

सर्भर ह्याक तथा ई–पासपोर्टको छपाइका लागि भएका कमजोरीमा देखिएको अनियमितताको विषयमा अख्तियारले विभागमा छापा मारेको हो ।

गत बिहीबार विभागमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको स्रोतले बतायो ।

अख्तियारले ई–पासपोर्टको छपाइका लागि हुने करिब १२ अर्बको टेन्डरमा चासो देखाउँदै तीसँग सम्बन्धित कागजात पनि नियन्त्रणमा लिएको बताइएको छ ।

सो विषयमा अख्तियारले थप अनुसन्धान थालेको छ ।