आइतबार १६ सय बढ्याे सुन, कतिमा हुँदैछ काराेबार ?

काठमाडौ । नेपाली बजारमा आज आइतबार पनि सुन–चाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।