दलित अभियान्ताको बैठक : गाेलमेच सम्मेलनकाे अवधारणा पारित

काठमाडौं । दलित अभियान्ताहरुको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । अभियानका संयोजक डाक्टर निर्मल विश्वकर्माको अध्यक्षतामा बसेको शनिबार काठमाडौंमा बैठक सम्पन्न भएको हो ।

बैठकले संयोजक डा निर्मल विश्वकर्माले पेस गरेको दलित गोलमेच भेला र सम्मेलन अवधारणा पत्र आवश्यक परिमार्जन गर्ने गरि पारित गरेको छ । आगामी बैशाखमा हुने देशैभरका दलितहरुको गोलमेच भेला र सम्मेलन सफलताको लागि बैठकले तपशित बमोजिमका उपसमिति गठन गरेको छ ।

१ )संयोजक डा. निर्मल बिस्वकर्मा
२)सरोज दिलु :- कार्यलय तथा प्रचार प्रसार
३) अग्नि शिखा:- आर्थिक व्यवस्थापन
४) डा. मित्र परियार :- विभिन्न मोर्चा समन्वय तथा परिचालन
५) पकाश टमटा:- युवा विद्यार्थी परिचालन
६ )अधिवक्ता बिमल बिवकर्मा:- कानुनी परामर्श
७) तुलसी रशाइली:- महिला समन्वय तथ्य परिचालन
८) राजेश नेपाली :- संघसस्था समन्वय तथा परिचालन
९) तारा बिस्वकर्मा:-अभियान समन्वय तथा परामर्श

समितिका अन्य सदस्यहरुमा माननीय भुवन सुनार, चन्द्रेस्वर सदा मधेस, दिपक विश्वकर्मा, हस्तकला महासङ्ह, मानवीय रामपृत पास्वान, शंकर वसेल मिझार संघ अन्जान परियार परियार शेवा संघ भक्त रसाइली, प्रेम कुमार सुनार, मीन विश्वकर्मा, शेर बहादुर बिक देबिराम विश्वकर्मा, बलबिर नेपाली, लाल बहादुर विश्वकर्मा, कालि बहादुर विश्वकर्मा, साबित्रा विश्वकर्मा, र सुनिल विश्वकर्मा रहेका छन् ।

बैठकले गोलमेच भेला लाई देश बिदेश मा थप प्रचार प्रशार र समन्वयको लागि तपशिलका देशहरु र प्रवास समन्वय प्रमुखहरुको चयन गरेको छ।
१) क्यानडा :- सन्तोष बिस्वकर्मा
२)वेलायत:- हरिस्चन्द्र नेपाली र मोहन सिंह रामदाम
३ )कुवेत :- चन्द गोतामे
४) मलेसिया :- लक्ष्मण पोखरेल।
५) ओमन :- पुर्ण पहाडी
६):- दुबई :- पदम रामदाम बिस्वकर्मा छन अरु देश हरुमा सम्पर्क बढाउदै लगिने छ ।

बैठक ले आर्थिक परिचालन लाई व्यवस्थित र पारदर्शी बनाउनको लागी सचिवालय सदस्य अग्नि शिखाको संयोजकत्वमा एक आर्थिक समिति बनाएको छ जसमा डा . निर्मल बिस्वकर्मा, डा. मित्र परियार तारा बिस्वकर्मा सरोज दिलु, राजेश नेपाली , तुलसी रसाइली र अभियानमा हुने सबै आर्थिक कारोबार बैंक मार्फत गर्ने गरि तत्काल बैंकखाता खोल्न र आर्थिक संयोजक अग्नि शिखा को अनिवार्य र बाकी दुई जना डा . निर्मल बिस्वकर्मा र राजेश नेपालीको संयुक्त हस्ताक्षरमा बैंक खाता सन्चालन गर्ने निर्णय पनि गरेको छ ।