रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा

काठमाडौ । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ ।

बुधबार अदालत खुल्लेबित्तिकै रवि रूपन्देही अदालत हाजिर भएका छन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

यहाँ भन्दा अघि रवि काठमाडौँं र कास्कीबाट धरौटीमा रिहा भएका हुन् ।