सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेख्ने सिंहलाई ३ महिना कैद र ३० हजार जरिवाना

काठमाडौँ । जिल्ला अदालत सुर्खेतले सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेदजन्य शब्द लेख्ने एक व्यक्तिलाई ३ महिनको कैद सजाय सुनाएको छ ।

दैलेखको महाबु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई अदालतले जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको हो। यो फैसला जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलास गरेको हो ।

सिंह पेशाले शिक्षक हुन् । दलित समुदायका अगुवाहरूले उनको प्रतिक्रिया समग्र दलित समुदायप्रति लक्षित र अपमान गर्दै जातीय भेद र अमर्यादा गर्ने रहेको भन्दै कारबाहीको मागसहित जातीय छुवाछुतविरूद्ध जाहेरी दर्ता गराएका थिए । सोहि मुद्दाको फैसला बुधबार आएको हो ।

गत साउनमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक हुँदा महाबु गाउँपालिकाको गीताचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकसमेत रहेका तर्कबहादुर सिंहले कमेन्ट गर्दै लेखेका थिए स् ‘सबै डुमैडुम छन् त यार अरू कोही रहेनछन् त रुु उक्त कमेन्टलाई लिएर दलित समुदाय आक्रोशित भएका थिए ।