एक तोला सुनको मूल्य १ लाख ९० हजार नाघ्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ३६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन बुधबार १७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ८७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य वृद्धि भएसँगै चाँदी पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला चाँदी १९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।