उच्च विन्दुमा पुगेको सुनको मूल्य सामान्य गिरावट

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको छ ।

आज सुन प्रतितोला एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी रू एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।