देश छाेडदै गायिका ज्याेती लाेहनी
केपि कुमार जलन
२ दशक देखि पाेखरा मा बसेर निरन्तर सांगितीक क्षेत्रमा लागेकी गायिका ज्याेति लाेहनी जापान प्रस्थान गर्ने भएकी छिन ।
दैनिक जसो त्रिभुवन विमानस्थल वैदेशिक अध्ययन र रोजगारको लागि विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ । विदेश जान तम्तयार भएर फ्लाइट पर्खिरहेका युवाहरु खादा र माला लगाएर आफन्तहरुसँग विदाइका फोटोहरु क्यामरामा कैद गरिरहेका देखिन्छन् ।
छरछिमेक र इष्टमित्रको बधाई तथा यात्रा सफलताको शुभकामनाले सामाजिक सञ्जाल भरिएको हुन्छ । दैनिक सरदर दुई हजार चार सयभन्दा बढी युवा देश छोडेर रोजगार र अध्ययनको निम्ति बिदेसिन बाध्य छन् । वैदेशिक अध्ययन र रोजगारको लागि बिदेसिनेहरुको सङ्ख्या कहालिलाग्दो छ । देश छाड्ने युवा विद्यार्थी र श्रमिकहरुको सङ्ख्या हेर्दा लाग्छ निकट भविष्यमा देश नै रित्तिने अवस्था आउँदै छ ।
कतिपय रोजीरोटी धान्न नसकेपछि बिदेसिएका छन् भने कति विदेशको जीवनशैली, व्यवस्था र काम गरेअनुसार पाइने पारिश्रमिकबाट प्रभावित भएर बिदेशिना बाध्य हुन्छन । विदेशमा पुगेका कलाकारमध्ये अधिकांश अमेरिका, जापान, क्यानडा, बेलायत, अस्ट्रेलिया, स्पेनलगायतका मुलुकमा जाने गरेका छन ।
खासगरी विदेशमा रहने कलाकारका अनुसार बिदेसिनुको मुख्य कारण केवल पैसा मात्र होइन । उनीहरू पैसा कमाए पनि आफ्नो र परिवारको भविष्यप्रति चिन्तित रहेर बिदेसिने गरेका छन।
यसाे त
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी कि बर्तमान महिला सचिब लाेक प्रिय गायिका ज्याेती लाेहनिकाे रातकाे ११:३० बजे फलाईट रहेकाे बताएकी छिन।
उनले देशकाे कलाकारीता क्षेत्रमा भबिष्य नदेखेपनि अाफु जापानमा रहेर पनि गित संगित लाई निरन्तरता भने दिई रहने बताईन ।
गायिका लाेहनीका
पापि माया,अंगुर पाकेकाे,अाधिखाेले माया,मनै छुदाे रहिछ,कुराे अाफै बुझ मयाले,राताे सारीले,रैछाै चिटिकै,एक्का चिडिकाे,बागलुङ बजार अाउका मायालु,कैली र कैलाकाे,जापानिज साडि,लगायतका गित चरचित छन।














