रा.प्र.पा प्रदर्शन : अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ

काठमाडौं । आइतबार सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा रा.प्र.पा.का अध्यक्ष लिङ्देन सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।  नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । यसैबीच, सिंहदरबार परिसरबाट शान्तिपूर्ण रूपमा अघि बढेको अवस्थामा राप्रपा अध्यक्ष लिङ्देन लगायतलाई गिरफ्तार गरेको भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले भत्र्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै समितिका प्रवक्ता स्वागत नेपालले सरकारको यो कार्य अलोकतान्त्रिक भएको बताएका हुन  ।

उनले पक्राउ परेका र झुटा मुद्दामा फसाइएका नेताहरूलाई रिहा गर्न माग गरेका छन् । अन्यथा आन्दोलनको माध्यमबाट उत्पन्न हुनसक्ने कुनै पनि क्षतिको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने चेतावनी पनि समितिले दिएको छ ।