अाजको राशीफल

आजको राशिफल (२०७९ वैशाख ९ गते, मङ्गलबार)

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वासमा वृद्धि हुनेछ।

धर्मकर्मतर्फ अग्रसर भइनेछ।

विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्नेछ।

इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ।

शुभ रंग: खैरो | शुभ अंक: २

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आँटेको कार्यमा सफलता मिल्नेछ।

व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ।

नोकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ।

शुभ रंग: निलो | शुभ अंक: ३

👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला।

अप्ठ्यारो कार्यमा मेहनत गर्दा सफलता मिल्नेछ।

कार्यक्षेत्रमा विश्वासपात्रबाट विश्वासघात हुने सम्भावना रहेको छ।

शुभ रंग: रातो | शुभ अंक: ४

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यक्षेत्रमा एकपछि अर्को अवसर मिल्नेछ।

कृषि वा पशुपालनबाट राम्रो आयआर्जन गर्न सकिनेछ।

घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ।

शुभ रंग: हरियो | शुभ अंक: ५

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्।

सहयोगीहरूबाट सहयोग मिल्नेछ।

कानुनी मामलाहरूमा सतर्क रहनुहोला।

कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ।

शुभ रंग: हल्का हरियो | शुभ अंक: ३

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यक्षेत्रमा नियमित दिनचर्यामा बदलाव हुनाले मन प्रसन्न रहनेछ।

बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ।

नयाँ प्रेम प्रसंगमा अविश्वासको भावना जागृत होला, सावधान रहनुहोस्।

शुभ रंग: पहेलो | शुभ अंक: २

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आत्मबलमा वृद्धि हुनेछ।

आर्थिक दृष्टिकोणले समय लाभदायक रहेको छ।

साहित्य वा लेखन कलामा निखार ल्याउन सक्नुहुनेछ।

पारिवारिक सद्भावमा कमी आउला।

शुभ रंग: निलो | शुभ अंक: ५

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुराना गरिएका कार्यबाट शुभ सूचना मिल्नेछ।

छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ।

व्यापारमा थप लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्।

शुभ रंग: सुन्तला | शुभ अंक: ८

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला।

कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्।

पिताको सहयोग मिल्नेछ।

स्वास्थ्यलाई लिएर सजग रहनुहोला।

सामाजिक परिवेशमा प्रतिष्ठा बढ्नेछ।

शुभ रंग: खैरो | शुभ अंक: ६

🐐 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

मानसिक वा शारीरिक पक्ष सबल रहनेछ।

पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ।

व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस।

नयाँ कार्यतर्फ अग्रसर भइनेछ।

शुभ रंग: निलो | शुभ अंक: ९

🏺 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विश्वास पात्रबाट धोखा मिल्ला।

कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला।

स्वास्थ्य सबल रहनेछ तर खानपानमा विशेष ध्यान दिनुहोस्।

शुभ रंग: हल्का निलो | शुभ अंक: ८

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज हजुर ऊर्जावान रहनुहुनेछ।

उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ।

जीवनसाथीबाट उपहार मिल्ला।

विद्यार्थीवर्गहरू लक्ष्यप्राप्तिको लागि निरन्तर प्रयास गरिरहनुहोस् सफलता मिल्नेछ।

शुभ रंग: केशरी