1. गर्भाशयको सङ्कुचन (Uterine contractions): महिनावारीको समयमा शरीरले प्रोस्टाग्लान्डिन नामक रसायन उत्पादन गर्छ जसले गर्भाशयलाई सङ्कुचन गराउँछ, र यही कारण पेट दुख्न सक्छ।
2. प्रोस्टाग्लान्डिनको मात्रा धेरै हुनु: यदि शरीरमा यो रसायन बढी उत्पादन हुन्छ भने पेटको दुखाइ तीव्र हुन्छ, कहिलेकाहीँ ढाड र तिघ्रासम्म असर पुर्याउँछ।
3. एन्डोमेट्रियोसिस: महिनावारीको समयमा यदि असाध्यै धेरै दुखाइ हुन्छ भने यो एउटा स्वास्थ्य समस्या पनि हुन सक्छ जसमा गर्भाशयको टिशु अन्य अंगहरूमा बढ्न जान्छ।
4. फाइब्रॉइड (Fibroids): गर्भाशयभित्र सानो गाँठा (non-cancerous tumors) हुँदा पनि महिनावारीमा दुखाइ बढ्न सक्छ।
5. तनाव र थकान: मानसिक तनाव, निद्रा नपुग्नु वा अत्यधिक थकाइले पनि महिनावारीको दुखाइ बढी महसुस हुन सक्छ।
घरमै गर्न सकिने उपायहरू:
1. न्यानो पानीको बोतल सेकाई
पेट वा ढाडमा न्यानो पानीको बोतल राखेर सेक्दा मांसपेशीहरू आराम गर्छन् र दुखाइ कम हुन्छ।2. तातो पानी वा अदुवा चिया पिउने
तातो पानी वा अदुवा मिसाएको चिया पिउँदा शरीर न्यानो रहन्छ र दुखाइ घट्छ।3. हल्का व्यायाम वा हिँडडुल
सामान्य हिँडडुल वा हल्का स्ट्रेचिङ गर्दा रक्तसञ्चार राम्रो हुन्छ र प्रोस्टाग्लान्डिनको असर कम हुन्छ।4. गहिरो सास फेर्ने (deep breathing) वा ध्यान (meditation)
तनाव कम गर्दा पनि दुखाइ घट्न सक्छ, त्यसैले ध्यान वा सासको अभ्यास गर्न सकिन्छ।5. पर्याप्त आराम र निद्रा
महिनावारीको समयमा शरीर थाकेको महसुस गर्छ, त्यसैले समयमै सुत्न र आराम गर्न जरुरी छ।खानपानमा ध्यान दिने:
पानी धेरै पिउने – शरीर हाइड्रेट रहँदा क्र्याम्प कम हुन्छ।
फलफूल, सागसब्जी, ओमेगा-३युक्त खाना – सूजन घटाउने खानाहरू जस्तै बदाम, माछा, आदि।
ज्यादा नुन, क्याफिन, चिनी र फ्याटी खाना नखाने – यी खानाले दुखाइ बढाउन सक्छ।
औषधिको विकल्प:
यदि धेरै दुख्छ भने पेरासिटामोल, ब्रुफेन (Ibuprofen) वा मिफ्टाल स्पाज (Meftal Spas) जस्ता पेन किलरहरू लिन सकिन्छ। तर, डाक्टरको सल्लाह बिना लगातार नखाने।
कहिले डाक्टर देखाउने?
दुखाइ असह्य हुन्छ,
महिनावारी ७ दिनभन्दा बढी लम्बिन्छ,
बान्ता, कमजोरी, चक्कर आउँछ,
महिनावारी अनियमित छ भने गाइनोकलोजिस्वि शेषज्ञ) सँग भेट्नुपर्छ।











