स्वास्थ्य मन्त्रालयतर्फ हिँडेका डाक्टरलाई प्रहरीले रोकेको

काठमाडौं । आफूहरूमाथि श्रम शोषण भएको भन्दै डाक्टरहरू पुन: प्रदर्शनमा उत्रिएका छन् । सरकारले निर्णय गरेको निर्वाह भत्ता नदिएको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा आन्दोलन सुरू भएको हो ।

माइतीघरमा भेलिएका डाक्टरहरू स्वास्थ्य मन्त्रालय घेर्न भनी हिँडेका छन् । तर, प्रहरीले उनीहरूलाई बीचमै रोकेको छ ।