शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

१२ वैशाख, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १० रुपैयाँ रहेको चाँदी आज २ हजारमा झरेको छ ।