निजी मेडिकल कलेज सञ्चालकले सरकारबाट प्राप्त हुने सुविधामा असहयोग भएको छैन । त्यसकारण उहाँहरूले महसुस गर्नु भएको छैन । भोलि सरकारले दिएको सहयोग बन्द भएपछि आवासीय चिकित्सकलाई भत्ता दिन्छौं भनेर उहाँहरू आफैं आउनुहुन्छ ।
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् । २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन्










