“वार्तामा प्रगति भएन : नेपाल विद्यालय कर्मचारी परिषद्”

१३ वैशाख, काठमाडौं ।  आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘ हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।’

उनले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताए । तर, केही दिनमा निकास निक्लने तिवारीले विश्वास व्यक्त गरे ।कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ ।