कैलाली । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई-मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ कैलाली प्रवेश गरेको हो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीलगायतको टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गरिएको थियो। प्रचण्ड नगर अध्यक्ष धनसिंह साउदको घरमा सुतेका थिए । बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म प्रचण्डले मर्निङवाक गर्दै कैलाली कञ्चनपुरमा जागरण अभियानको शुभारम्भ गरेका थिए ।
बिहान ८ बजे टीकापुर-८ सूर्यपुरमा सहिद परिवार भेटघाट,९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।











