सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

१६ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।

सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।