संयुक्त नागरिक पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, १५ असार

संयुक्त नागरिक पार्टीले सैद्धान्तिक,वैचारिक,राजनैतिक,सांगठनिक तथा समसामयिक विषयमा आइतबार विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी कार्यालय विजुलीबजारमा अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेता/कार्यकर्ताहरुलाई विविध विषयमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा पाँचजना प्रशिक्षकहरु रहेका थिए । जसमा पार्टीको सैद्धान्तिक र वैचारिक विषयमा वरिष्ठ नेता कमला हेमचुरी,राजनैतिक तगा सांगठनिक विषयमा उपाध्यक्ष डा. जीतबहादुर घले,अनुशासित नेतृवका गुण सम्बन्धमा पावल थेयोलोजिकल कलेजका ईन्चार्ज नमराज तामाङ, आर्थिक तथा एकतावद्ध नेतृव विषयमा पार्टीका महासचिव प्रेमबहादुर कार्की तथा मिडिया र पार्टीको अन्तर सम्बन्ध विषयमा उपमहासचिव एवम् प्रवक्ता विदुर अधिकारीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा उपस्थित प्रशिक्षक,अतिथि तथा प्रशिक्षार्थीहरुलाई पार्टीका उपाध्यक्ष डिल्लीबहादुर तामाङले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रम संचालन उपमहासचिव सोमबहादुर आलेले गरेका थिए ।