संयुक्त नागरिक पार्टीकाे रुपन्देही जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. विजय गाैतम चयन

संयुक्त नागरिक पार्टीकाे रुपन्देही जिल्ला भेला सम्पन्न,
अध्यक्षमा डा. विजय गाैतम चयन

बुटवल,३१ साउन,
दलमर्दन कामी नेतृत्वकाे संयुक्त नागरिक पार्टीको प्रथम रुपन्देही जिल्ला भेला शनिबार सम्पन्न भएकाे छ । भेलाले डा.विजय प्रसाद गाैतमलाई अध्यक्षमा चयन गरेकाे छ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश समिति सदस्य समेत रहेका डा.गाैतम साे पार्टी परित्याग गरेर संयुक्त नागरिक पार्टी प्रवेश गरि जिल्ला अध्यक्ष बनेका हुन् । त्यस्तै उपाध्यक्षमा तविता वि.क र रचना मोक्तान,सचिवमा शंकर पृथी (सिमोन),सह सचिवमा ललित तिरुवा,कोषाध्यक्षमा श्याम गुरुङ,सदस्यहरूमा प्रकाश चन्द्र घिमिरे,सानु थापा,कमला गोतामे,हेम आले, हिरा सारु,रुवेन चौधरी,
भिम क्षेत्री, सावित्रा बलामी चयन भएका छन् ।

साेही भेलाले युवराज वि.क,मन पाण्डे र यान वहादुर सुनार
रहेकाे तीन सदस्यीय सल्लाहाकारहरू समिति पनि गठन गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि संयुक्त नागरिक पार्टीका केन्द्रीय अध्यक्ष दल मर्दन कामीले भेला कार्यक्रमलाई सम्बाेधन गर्दै भन्नुभयाे “संयुक्त नागरिक पार्टी रहरले निर्माण गरेका छैनौं, हामीले सकेसम्म राम्रो गर्नेछाैं,सकेनाैं भने पनि अहिलेका राजनीति पार्टीहरुले जस्तो नराम्रो नगर्ने प्रतिबद्धता गर्दछाैं ।”
“संयुक्त नागरिक पार्टी लुम्बिनी प्रदेशमा रुपन्देहीबाट औपचारिक रुपमा आफ्नो ऐतिहासिक यात्रा सुरु भएको छ, पार्टीको नीति इमानदार नेता आजको आवश्यकता इश्वरिय मूल्य मान्यतामा रहेर सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र स्थापना गरेर नयाँ नेपाल निर्माण गर्नेछाैं ” उहाँले भन्नुभयाे ।

रुपन्देही नेपालकै ऐतिहासिक पर्यटकीय विविधताको केन्द्र, सांस्कृतिक धरोहरको भण्डार र कृषि उद्योगको मूल थलोको रूपमा स्थाइत्व दिन जिल्लामा दलित, मधेसी, मुस्लिम,इशाइ बुद्धिष्ट ,सिख जैन लगायतका धार्मिक अल्पसंख्यक सीमान्तकृतको अधिकार खस-आर्य, थारू, आदिवासी–जनजाति सबै समुदायको आत्मसम्मान सुरक्षित गर्दै समानअस्तित्वको अवसर ग्यारेन्टी गर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको पनि बताउनु भयाे ।

उहाँले नवगठित कार्यसमितिलाई शुभकामना दिंदै जिल्लाभर विद्यमान अन्याय, विभेद, बहिष्कार र दमनका संरचनाविरुद्ध दृढ संघर्ष गर्दै अघि बढ्न,
कुनैपनि सत्ता र शक्तिको लोभमा परेर नझुक्न अनि जनताकाे पक्षमा इमानदार भएर काम गर्न निर्देशन समेत दिनुभएकाे छ ।

कार्यक्रममा पार्टीका प्रवक्ता बिदुर अधिकारी र केन्द्रीय सदस्य गणेश सुनार सहभागी रहेका थिए भने डा.जोयल रेग्मी ,मन पाण्डे ,युवराज बिक,ललित तिरुवा,तेज प्रकाश वि.सी.रेभ.बाबुराम बस्नेतले नवगठित कार्यसमिति लाई शुभकामना सन्देश दिएका थिए ।