एकता ज्वेलरी एकेडेमी एन्ड वर्कशपले सुनचाँदीका गहना बनाउने तालिम सुरु गर्दै

काठमाडौ -नेपाली गहना र सीप काे बिकास  गर्न सुन चादिका गहना बनाउने तालिम सुरू हुन लागेकाे हाे।बिगत सयाै बर्ष देखि बिशेष गरि सुनार जातिले सुनचाँदी का गहना बनाउने बिक्री बितरण गर्दै आएको पाइन्छ। सुनचाँदीका गहना एक त हाम्रो कला संस्कृति सङ जोडिएको छ भने अर्को हरेक पर्व अबसर मा येसको आफ्नै महत्त्व रहदै आएको छ।यो पेसा आफैं मा एउटा मर्यादित र गौरवको पेसा हो जस्लाइ हरेक बर्ग ले अगाल्न सक्छ।महिला पुरुष युवा वृद्ध जाे सुकैले सजिलोसँग याे पेसा गर्न सक्छ किनभने यो पेसा गर्न को लागि लगनशीलता र मिहिनेती भए पुग्छ।यी नै यावत कुरा लाई मध्यनजर गर्दै सिटिईभिटिले पेसालाई समय सान्दर्भिक ढंगले अघि बढाउने उद्देश्य राखी निश्चिति समयवधी सम्म सिप सिक्ने र कति समय अबधीमा दक्ष भयो भनी प्रमाणपत्र बितरण गर्ने भन्ने योजना बनाएको छ। बिगत मा यो सीप सम्बन्धि कुनै प्रमाणपत्र न भएको र काम सिक्ने कुनै निश्चिति ठाउँ नभएकाे धेरै जस्तो भारत बाट आएका कालिगड हरूले काम गर्दै आएका अबस्था थियाे।

बिशेष युवा बर्ग लाई ध्यान मा राखेर बेराेजगारी र बिदेश पलायन हुने युवाहरूलाई स्वदेश मा सिपमुलक शिक्षा प्रदान गरौ रोजगारी को अबसर सृजना गरौ भन्ने उद्देश्य ले कागेस्वरी मनहरा वार्ड न ७ मा एकता ज्वेलरी एकेडमी एन्ड वर्कशपकाे स्थापना भएको छ।सिटिइभििट सम्बन्धन प्राप्त येस एकेडेमी ले युवा हरु लाई काम सिकाउदै रोजगारी दिदै आएको छ।आगामी दिनमा अझै राम्रो सङ तालिम दिने र प्रमाणपत्र बितरण गरि एउटा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य यस एकेडेमी को रहेको छ।जसले युवाहरु लाई स्वदेशमा होस या बिदेश मा जहाँ गए पनि आत्मनिर्भर र स्वबलम्बी बनाउन मद्दत गर्ने छ।

यस एकता ज्वेलरि एकेडेमी एन्ड वर्कशप मा हाल २५ जना शेयर सदस्य रहेका छन।संचालक समिति अध्यक्ष  कर्ण गदाल र सस्थापक अध्यक्ष पबि बिस्वकर्मा रहनु भएको छ।प्रमोद घतानी उधोग बिभाग कानुन अधिकृत कानुनी सल्लाहकार हुनुहुन्छ।येस एकेडेमी ले महिला पुरुष साथै इच्छुक ब्याक्ती लगायत प्रमाणपत्र लिन चाहाने हरेक लाई तालिम को अबसर प्रदान गर्ने बताएको छ। भाद्र २२ गतेबाट तालिम को पहिलो कक्षा हरु सुरु हुन गैरहेको छ। आगामी दिनहरु मा निरन्तर सीप मुलक शिक्षा सन्चालन गर्दै जाने र दक्ष कालिगड र दक्ष युवा जनशक्ति निर्माण गरि आफ्नो सीप कला पहिचान को सस्थागत बिकास गर्ने उदेश्य यस एकेडमी को रहेको कुरा संचालक समितिको रहेको छ।