आज देशैभरि प्रतिष्ठान – सन्दर्भ र विश्लेषण
काठमाडौ -प्रतिष्ठान बागलुङ जिल्लाको निमन्त्रणामा अधिनेशनमा पुर्ब अध्यक्ष हैसियतले सहभागि हुन का लागि निस्किंदै थिएं ठोली छोरी भनिन ,बाबा ,पर्स राख्नु भयो, मैले भनें राखें ,अनि झोला लैजान बिर्सनु भयो ! ल्यापटप लैजान पर्दैन? मैले भनें पर्दैन छोरी यसपाली यतिकै जाने हो , संधैजसो झोला बोकेर अनि गस्तिमा हिडेको सिपाही जस्तै कुदिरहने बाउ देखिरहेकी छोरीले लगभग झोला बिनाको बा कमै देखेकी भएर पनि होला यो सम्झाएको । म अलमल जस्तै पनि भएं । म यसपाली झोला बिसाएर हिडेको थिएं । जिवनका निकै उर्जाशिल समय यस संस्थाकाप्रति उपयोग गरिएका कारण पनि ,विभिन्न माध्यामबाट, यस संस्थाका राम्रा पक्षमाहरुमा प्रशंसा र त्रुटिहरुमा खबरदारी रहिरहन्छ।
मेरो यो कार्यकाल कार्यकारी भुमिकामा छैन यद्यपि सांस्थाका हरेक गतिविधिहरुमा मेरो चासो, चिन्ता र भुमिका अनुसारको साथ सहयोग र समर्थन पनि रहंदै आएको छ ।
कुनै कुनै निर्णय यती प्रिय र आत्मिय लाग्दछ्न् नि , जो आफ्नै प्रस्ताव पो अनुमोदन भएछ कि भन्ने अनुभुति हुंदो रैछ, आज देशैभरि प्रतिष्ठानमय भएको छ , सबै जिल्लाका अधिबेशनहरु आफ्नो क्षमता अनुसारको आयोजनामा सम्पन्न हुंदैछन । केही मुर्छित सपनाहरुले जागृत भएको अनुभूति मलाई पनि भएको छ ।
हामीले तत्कालीन प्रदेश समितीमा चर्चा चलायौं तर त्यो निर्णय गर्न र कार्यान्वयन गर्ने प्रक्रियामा हामीले आंट गर्न सकेनौं ।
नेता र नेतृत्व फरक पक्ष हुन , नेता हुन जति संघर्ष र उर्जा खपत हुन्छ त्यो भन्दा धेरै नेतृत्व गर्नका लागि हुन्छ ।नेता अगुवाइ मात्र हैन सृजनातत्मक , समयानुकूल हुन जरुरी छ, त्यो भन्दा बढी आफ्नो टिममा रहेका भन्दाबढी बाहिर रहेकाहरूको मन जित्न छ ।
आदरणीय अध्यक्ष रिता थापा ज्युको नेतृत्वमा रहेको केन्द्रिय समितिको यो निर्णय ऐतिहासिक र सम्झनालायक रहनेछ ।
संस्थामा हुनु नहुनु फरक बिसय हो , त्यो कुनै भिडले निर्णय गर्ला, त्यो र कुनै प्रपन्चले ,समय संधै एउटै हुंदैन ।जो आज देशमा हामीले भोगीरहेका छौं ।
आफू हुंदा ठीक ,आफू नभए सबै बेठीक हुंदै हुंदैन राम्रालाई राम्रो भन्न सक्नै पर्छ ।
हाम्रो वरिपरि रहेको अहिले परिवर्तनको आवाज, राष्ट्रिय परिस्थिति सबै हेरेर ,हामी जस्ता गैर नाफा मुलक संस्थाहरु यस्तै सृजनात्मक ,मितव्ययी हुनु नै सुन्दर देखिन्छ । अशल प्रतिष्ठानकर्मी यस्तैबेला जन्मिन्छन, जसले अब आफू जाने भुगोल खोज्नेछन ,आफ्नो भुगोलप्रति जवाफदेही बन्नेछन, काठमाडौं केन्द्रिय कार्यलय वरिपरि घुमेर नेता मात्रै हैन, भिडमा जाल बिच्छाउने दाउ कुरेर बस्ने छैन,सबैखाले क्षमताहरु संस्थामा जरुरी छ ,तर अनावश्यक घटाउने र आबश्यक अटाउने गरि हामीले विधि निर्माण गर्नुपर्दछ ।
नेतृत्व बिकेन्द्रीकृत हुनेछ र कर्कलाको पात जस्तो हैन सतिशाल नेतृत्व स्थापित हुनेछ ।
अझै जुजारु, कलाप्रेमी र सृजनशिल नेतृत्व जन्माउन आज जिल्ला अधिबेशनहरु सफल रहुन धेरै धेरै शुभकामना ।
पूर्ण परियार
निवर्तमान बरिस्ठ उपाध्यक्ष
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान ,गण्डकी प्रदेश समिति











