ईन्जिनियर देखि म्युजिक भिडियाे सम्म सुशील रेग्मी

ईन्जिनियर देखि म्युजिक भिडियाे सम्म सुशील रेग्मी
केपि कुमार जलन
इन्जिनियरिङ देश विकासको मेरुदण्ड हो । इन्जिनियरिङ एक यस्तो पेशा हो जसमा जनशक्तिको माग हरेक समय रहन्छ । देशलाई विकास तर्फ लैजान मद्दत गर्ने यस पेशाको महत्व दिनानुदिन बढ्दो छ । इन्जिनियरिङबाट मानिसले नाम र दाम दुवै कमाँउछ । अर्को शब्दमा भन्ने हो भने यो इन्जिनियरिङ पेशालाई आर्थिक र सामाजिक दृष्टिले बलियो पेशको रुपमा लिइन्छ ।

इन्जिनियरहरु विकास निमार्णका पयार्य हुन् । भवन, सडक, घरसंगै सफ्टवेयर, हाडवेयर कसरी बनाउन, कस्तो बनाउने सबै खाले उत्तर इन्जिनियरले दिन्छ । विस्तृत रुपमा इन्जिनियर भन्नाले भव्य महल, पुल, सडक, मोटर गाडि, साइकल, विजुली, कम्प्यूटर, टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता सामग्रीको आविष्कार गर्ने, पुननिर्मााण, सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई जनाँउछ । मनमा कल्पना गरेका तस्विरलाई वास्तविक संसारमा उत्तार्ने सामर्थ राख्ने पेशा हो इन्जिनियरिङ तर पेशाले फरक भयपनि ईन्जिनियर धार्दिङ्गका सुशील रेग्मि बिबाह बन्धनमा बाधिय पछि पहिलाे पटक म्युजिक भिडियाेमा डिव्यु गरेका छन।
उनकै श्रीमती गायिका एवं कार्यक्रम प्रस्ताेता शितल शर्माले सार्वजानिक गरेकाे ” मन परेकाे कान्छू” बाेलकाे लाेक दाेहाेरी गितकाे म्युजिक भिडियाेमा रेग्मिले डिव्यु गरेका हुन । Dewansh engineering developers Pvt Ltd company का प्राेपाईटर समेत रहेका रेग्मी बागलुङकी शितल शर्मा संग बैबाहिक जिबन वितायका छन ।
सरल मिजासिलाे स्वभावका रेग्मिले केही गितहरूमा समेत म्युजिक भिडियाेमा आफुलाई स्थापित गरिसकेका छन ।
आफ्नाे पेशा संगै रेग्मिले माेडल स्मारिका ढकाल संग दमदार नृत्य गरेका छन ।
गायिका शितल शर्मा र हरि गिरी विमर्शिकाे शब्द संगित मा रहेकाे यस गितकाे म्युजिक भिडियाे निकै उत्कृष्ट बनेकाे छ ।