सहकारी संस्थाहरुमा एक अब्बल संस्था बहुआयामिक कृषि बचत तथा ऋण सहकारी

रण बहादुर रम्तेल

काठमाडौ-बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नागार्जुन नगरपालिका ४ सोल्टीदोबाटो सितापाइलामा केन्द्रीय कार्यालय रहेको यस सहकारी संस्थाले यही मंसिर २७ गते शनिबारको दिन स्वयम्भूस्थित मुस्ताङ गुम्बामा अधिवेशन सहितको साधारणसभा आयोजना गरेको थियो । यस पटक परम्परागत भन्दा फरक तरिकाबाट कुनै पनि राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिबिना नै कार्यक्रम संचालन गरिएको थियो ।

यस पटक परम्परागत भन्दा फरक तरिकाबाट कुनै पनि राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिबिना नै कार्यक्रम संचालन गरिएको थियो । देशभर सहकारी संस्थाहरुप्रति शंका, आशंका र अविस्वास पैदा भइरहेको कठिन घडीमा आवश्यक नाफा सहित भब्यरुपमा आफ्नो १७औं वार्षिक साधारणसभा मनाएको छ । देशमा अहिले दर्ता भएका करीब ३३ हजार भन्दा बढी सहकारी संस्थाहरुमध्ये सबैभन्दा अब्बल र नाफामुलक सहकारी संस्थाको रूपमा यस बहुआयामिक संस्थालाई लिन सकिन्छ ।

सरकार , निजि क्षेत्र र सहकारी संस्थालाई राष्ट्रले तीन खम्बे बिकास नीतिको रूपमा स्वीकार गरेको छ । सहकारीको विश्वाब्यापी सैद्धान्तिक पक्ष तथा व्यवहारिक उद्देश्य, सर्बशुलभ मुल्यमा बस्तु तथा सेवाहरु उपलब्ध गराउने र एकाधिकार तथा बिचौलियापनको अन्त्य गरि स्वस्थ प्रतिस्पर्धाका आधारमा परनिर्भरतालाई सदाको लागि अन्त्य गर्ने लक्ष्यकासाथ इमानदारीपूर्वक काममा लागि परे सहकारीलाई सफलताको शिखरमा पुर्याउन सकिन्छ भन्ने आत्मविश्वास बढेको संस्थाका अध्यक्ष ध्रुव प्रसाद खनालले बताए ।

नेतृत्वले अदुरदर्शिता र अनुत्पादक क्षेत्रमा लगानी गर्ने तथा छिट्टै मुनाफा कमाउने महत्त्वाकांक्षी सोचाइका कारण सहकारीहरु धराशायी भएको दाबी गर्दै अध्यक्ष खनालले सहकारी संस्थाहरुप्रति अविस्वास पैदा भइरहेको बेला आफ्नो संस्थाले बचतकर्ताको विश्वास जित्न सफल भएको बताए । संस्थाले १२१ भन्दा बढी महिलाहरुलाई व्यवसायिक बनाएको र २३८६ सदस्यहरुलाइ प्रत्येक्ष लगानी गरि रोजगारी सिर्जना गरेको पनि अध्यक्ष खनालले उक्त साधारण सभामा जानकारी गराएका थिए ।

प्रत्येक वर्ष गरीब तथा बिपन्न वर्गका विद्यार्थीहरुलाइ छात्रवृत्ति उपलब्ध गराउदै आएको यस सहकारी संस्थाले वर्षेनी जेष्ठ नागरिक, एकल महिला तथा उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान र पुरस्कार वितरण गर्दै आएको खनालले जानकारी दिए । नेतृत्वको कुशल व्यवस्थापन र काममा निरन्तरता तथा इमानदारिताको कारण संस्था निरन्तर नाफामा रहेको पाइएको छ । स्थापना कालदेखि नै अध्यक्ष रहेका खनालले संस्थालाई निरन्तर १६ वर्षअघिदेखि नेतृत्व गरिरहेका छन ।

यस पटकको साधारणसभाले पनि खनाललाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कुशल नेतृत्व र इमानदारीपूर्वक कार्यसम्पादन गरेको कारण हालसम्म कसैले पनि उनको विकल्प खोजेको देखिदैन । यदि यो संस्थामा खनाल नहुने हो भने अहिलेको अवस्थामा नपुग्ने संस्थाका कर्मचारी र शेयर सदस्यहरुले बताए । खनाल सरले म छोड्छु भन्दा पनि उनको विकल्पमा अरु कोहि कसैले पनि हालसम्म अध्यक्षको दाबी र उनको बिरोध नगरेको देखिन्छ ।

खनालको विकल्प नरहेको र उनको ठाँउ अरुले ओगट्न नचाहेको संस्थाका कर्मचारी र शेयर धनीहरुले दाबी गरेका छन् । सहकारीको सफलता नै अध्यक्ष खनालको इमानदारिता र लगनशीलता हो एक कर्मचारीले भने ।