लक्ष्मि परियार र दिपेन थापाकाे “काचाे बास माथी” सार्वजानीक
केपि कुमार जलन
झण्डै एक दर्जन गित बजारमा ल्याई सकेका म्याग्दी ज्यामरूककाेटका गायक रमेश बिक्रम रत्नकाे नया भर्सनमा “काचाे बास माथि” बाेलकाे गित सार्वजानीक भएकाे छ ।
लामाे समय संगितमा समय खर्चिएका रत्नले ट्याक्सि व्यसाय संगै पछिल्लाे समय गित संगितलाई निरन्तर दिन थालेका छन ।
२०६३ सालमा चर्चित गायिका देबि घर्ती मगर र गायक रमेश बिक्रम रत्नकाे आवजमा बजारमा सार्वजानीक भएकाे
याे गितलाई गायक रत्नले नया भर्सनमा बजारमा ल्याएका हुन गायिका लक्ष्मि परियार र गायक दिपेन थापाकाे आवजमा रेकर्डिङ गरिएकाे यस गितकाे शब्द सुजन क्षेत्री र संगित रमेश बिक्रम रत्नले गरेका छन ।
माया प्रेमकाे कथा अनि युवा जाेडीकाे प्रेम कथा पछि सम्बन्ध बिच्छेद पछि निम्तियकाे परिकल्पनालाई टपक्क टिप्दै गायक रत्नले संगित भरेका थिय।
भिडियाेमा गायक दिपेन थापा , रिना गुरूङ र रमेश बिक्रम रत्नकाे मुख्य भुमिका रहेकाे छ ।
केशवराज भट्टकाे निर्देशन,राजेश घिमिरेकाे छाँयाङकन र राजकुमार मगरकाे सम्पादन रहेकाे म्युजिक भिडियाे दिपेन थापा अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।












