प्रिज्म रेकर्डिङ स्टुडियाे २१ औं बर्षमा प्रवेश
केपि कुमार जलन
काठमाडौ -नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। यस आन्दोलनमा विभिन्न राजनीतिक दल, नागरिक समाज ,शिक्षक बिधार्थि,कलाकारहरूकाे समेत सक्रिय सहभागिता रहेकाे थियाे
व्यवसायिक हिसाबले नेपालकाे राजधानी काठमाण्डाैमा भयङकर आन्दाेलनकाे आधिबेहेरी नै चलेकाे थियाे यति बेला काठमाण्डाैमा कुनै व्यवसाय संचालन गर्नु त्यति सहज पनि थियन बिडम्बना याे कठिन समयमा पनि
२०६२ साल पाैष २ गते देखि रेकर्डिङ स्टुडियाेकाे शुरूवात गरेकाे प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियाे २ दशक पार गरी २१ औं बर्षामा प्रवेश गरेकाे छ ।
निकै व्यस्त स्टुडियाे काठमाण्डाैकाे बबरमहल बाट संचालित छ जहाँ यसै आर्थिक बर्ष ५०० गित रेकर्डिङ भए।
हालसम्म करीब २३ हजार भन्दा बढी गीतहरु रेकर्डिङ भईसकेका छन ।

स्टुडियोमा रेकर्ड भएका हजारौं लोक दोहोरी,आधुनिक,पप,तथा चलचित्र गीतहरु मध्ये
कुटुमा कुटु सुपारी दाना
सुर्के थैली
डांडाघरे साईली
मत ढलें ढलें,
अरैली कांडैले
तिमले पराई
हाँस्नलाई ओठ खोलें
जहा तिमी त्याहा म
गोर्खा पल्टन
रिमै
तोरी फुल्दा लाएको पिरती
सुपारी चाम्रो
घरमा पराल
सान्नानीले झुक्यायो मलाई
सोचे जिन्दगी रैनछ
कास्मिरे पछ्यौरी
रुमाल धोको छु
तिमीले दिने माया
पहिलो नम्बरमा
पर्ख पर्ख मायालु
पूर्व पश्चिम रेल
गल्वन्दी च्यातियो
भिजिट भिसामा
वन्दीपुरैमा
बोतलको पानीले
वल्लै भो भेट
औंठी कुशैको
सुनपानीला छर्क मायालु
दुई चुल्ठी बाटेर(बाटुली)
तिर्खा लाग्यो पानी खाए
मलाई बाँसुरीले रुवायो
फुलबुट्टे सारी
विछोडको करौंतीले
ओए स्यानी
के भनौं र खोई
जस्ता गितहरू
अत्याधिक सफल र हिट भएका छन।
यसै अवसरमा स्टुडियाे २१ औं बसन्तमा प्रवेश गरेकाे अवसरमा स्टुडियाे संचालक विवि अनुरागीले सम्पुर्ण अजुज तथा अग्रज दर्शक श्राेता माझ खुसि साटेका छन ।
उनले लेखेका छन सर्जक,लगानी कर्ता गायक गायिका,बाद्यवादक,स्टुडियोमा अहोरात्र खट्ने स्टुडियोका प्राविधिक तथा कर्माचारी भाईबैनीहरु, दक्ष र मेहनती ध्वनि ईन्जिनियर श्यामश्वेत रसाईलीलाई विशेष धन्यवाद व्यक्त गर्दे अझ गुणस्तरीय सेवा दिने प्रतिवद्वता व्याक्त गरेका छन ।














