माेडल अस्मिता राना मगरले गरिन साईकाेलाेजिमा मास्टर डिग्री
केपि कुमार जलन
कलाकार नाच्न गाउन मात्र होइन, उनीहरू अभिनय, वाद्यवादन, निर्देशन, लेखनजस्ता विविध कलामा पनि सिपालु हुन्छन्; स्टेजमा गाउँदा दर्शकलाई पनि सँगै गाउन-नाच्न प्रेरित गर्ने, लोकगीतको माध्यमबाट आर्थिक तथा आत्मसन्तुष्टि प्राप्त गर्नेजस्ता विशेषता पनि हुन्छन्, तर उनीहरूलाई केवल नाच्ने-गाउने मात्र भन्नु उनीहरूको क्षमताको सानो अंश हो, किनकि कलाकारका दायराहरू धेरै फराकिला हुन्छन्.
कलाकारका अन्य पक्षहरू संगै शिक्षा पनि एक हाे ।
बिहिबार मात्र त्रिभुवन विश्व बिधालयबाट दिक्षित भएका बिधार्थिहरू मध्ये स्याङजाकी माेडल तथा डान्सर अस्मिता राना मगर पनि दिक्षित भईन।
साईकाेलाेजिमा मास्टर डिग्रि पूरा गरेकी अस्मिता आफ्नाे नृत्य संगै अध्ययनलाई पनि अघि बढाईन।
स्याङ्जा जिल्ला पुतलिवजार नगरपालीका -८ स्याङ्जामा बाबा चित्र बहादुर राना र माता याे माया थापाकाे काेखबाट जन्मियकी अस्मिता एकसय भन्दा बढी गितहरूकाे म्युजिक भिडियाेहरूमा डेव्यु गरि सकेकी छिन।
स्वदेश तथा विदेशका दुवई, काेरीया, युके, कतार, ओमन लगायतका दश वटा राष्ट्रहरूमा समेत सांगितिक कार्यक्रमका लागि पुगि सकेकी अस्मिता नेपालका थुप्रै जिल्लाहरूमा हुने मेला महाेत्सबहरूमा समेत आफ्नाे प्रस्तुती दिई सकेकि छिन।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय अनामनगर समितिकी पुर्व सह- कोषाध्यक्ष समेत रहेकि माेडल अस्मिता राना थुप्रै म्युजिक अवार्डहरू समेत उचालेकी छिन।


















