नजर लाग्लानी २ बाट सिम्रनले उचालिन म्युजिक अवार्ड

नजर लाग्लानी २ बाट सिम्रनले उचालिन म्युजिक
अवार्ड

केपि कुमार जलन

वि.सं. २०६३ सालमा स्थापित राप्ती समाज काठमाण्डाैले आफ्नाे स्थापना कालदेखि नेपालि गित,संगित र श्रष्टा तथा कलाकारकाे सम्मान र प्राेत्साहनका लागि आयाेजना गर्दे आईरहेकाे राष्ट्रिय राप्ती म्युजिक अवार्डकाे नवाेै संस्करण शुक्रबार नेपाल पुलिस कल्ब प्रदर्शनी मार्ग काठमाण्डाैमा सम्पन्न भएकाे छ।
राप्ती म्युजिक समाज काठमान्डौको आयोजनामा भएकाे अवार्ड कार्यक्रममा करिब ४० वटा विधामा गायक, गायिका लगायत अन्य श्रष्टाहरुलाई पुरस्कृत गरिएकाे छ ।
कार्यक्रममा बागलुङकि सिम्रन परियारले म्युजिक अवार्ड उचालेकी छिन।


उनले नजर लाग्लानी-२ बाेलकाे गितबाट सर्वात्कृष्ट लाेक पप गायिका बिधातर्फ अवार्ड प्राप्त गर्न सफल भएकी हुन।
हरिभक्त बुढाथोकीकाे शब्द
भीम विसीकाे संगित र टेक विसी र सिम्रन परियारकाे आवज रहेकाे यस गितलाई ८१ लाख पटक हेरीएकाे छ ।