काठमाडौ । सुमधुर आवाजकी धनी, लगनशील अनि मेहनति अनि भबिस्यमा कुशल र सफल गायिका बन्ने सभावना भएकी, उदयपुर बेलका ९ कि रन्जिता बि.क. अहिले नेपालमा भइरहेको चर्चित रियालिटि शो The voice of Nepal 7 मा विभिन्न चरणहरु पार गर्दै भोटिङ राउन्डमा पुग्नु भएको छ। उहाँको प्रतिभाको सम्मान गर्दै सबैले भोट गरेर अझ हौसला प्रदान गरिदिनुहुन र अगाडिको राउन्डमा पुर्याइदिनुहुन सबैमा अनुरोध गर्दै उनले आफ्नो फेसबुकमा
आफू लाई भोट गरि जिताउन अनुरोध गर्नु भएको छ।
मुटु हातमा हुदाको पल कस्तो हुन्छ भनेर सायद मैले महसुस गर्न पाए , हरेक पल पल मेरो लागि अमुल्य छ र सबैभन्दा अमुल्य सम्पुर्ण नेपाली देश विदेश बाट दिनु भयको शुभकामना आशीर्वाद हजुर हरु भगवानरुपि दर्शक ले देखाउनु भयको म प्रतिको माया ले निकै हौसला मिलेको र एक्लोपन हटेको आभास भएको छ ।
The Voice of Nepal ले दिएको यो अवसर मेरो लागी सबैभन्दा ठूलो उपलब्धि हो मेरो कोच आदरणीय #pramod_kharel सर को आशीर्वाद प्रति म सधै नतमस्तक छु।
मैले निकै सानो आफ्नो तोते बोली देखि सुन्दै आयको गीत इ गीत हरुनै हो जस्ले मलाई गीत गुन गुनाउन सिकायको थियो इ धुन हरु नै थिय जुन मैले सुनेर हुर्केको थिए आज आयर गाउने अवसर पाए, संसार सामु गाउन सक्ने भय यसै गीतको सर्जक आदरणीय Eknarayan Bhandari सर र गायिका मैले गुरुमा मान्नेगर्छु आदरणीय Anju Panta म्याम प्रती सधै मेरो दुई हात जोडि नमन गर्छु ।
आज को मेरो यो प्रतिस्पर्धा सामान्य पक्कै थिएन म संगैका प्रतिस्पर्धी साथी हरुलाइ उज्ज्वल भविस्य को कामना गर्दछु
र अबको यात्रा अझै मेहेनत गरेर राम्रो प्रस्तुति दिनेछु अनि अझै धेरै माया पनि पाउनेछु भन्ने आशा राखेकी छु।


















