दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौँ, २३ माघ। ‘नागरिक बचाउन अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।

प्रहरी साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोपमा निर्वाचन आयोगले पत्राचार गरेपछि सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो।

यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परिसकेका थिए।