काठमाडौँ, २५ माघ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ ।
उक्त खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक हेरिरहनुभएको छ । उक्त खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले उक्त खेल प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनका माध्यमबाट अवलोकन गरिरहनुभएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ ।


















