राष्ट्रपति पौडेल र बेलायती मेजर जनरलबीच सैन्य कूटनीति सम्बन्धी वार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना अन्तर्गतकाे गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड र  डेभिड जे रोविन्सन लगायतको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । सोमबार सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो ।

नेपालका लागि बेलायतका राजदूत समेतको उपस्थिति रहेको सो कार्यक्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ को वार्षिक प्रतिवेदन समेत पेस गरेका थिए ।

सो अवसरमा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा समेत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

10-26_शिष्टाचार भेट_विज्ञप्ति