मन्थलीमा बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु

काठमाडौँ, २७ माघ । रामेछापकाे मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित मसानटारमा यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएकाे छ । बस सडकबाट तामाकोशी नदीमा खसेकाे छ ।

मंगलबार बिहान काठमाडौंबाट यात्रु लिएर ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस तामाकोशीमा खसेको हाे ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार बस दुर्घटनाको जानकारी पाउनासाथ उद्धारका लागि प्रहरी, एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ ।

अहिले बस दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उद्धारकार्य जारी रहेको राखेका छन् । बसमा कति यात्रु सवार थिए, कसरी दुर्घटना भयो भन्ने यकिन जानकारी भने प्राप्त हुन सकेको छैन ।