सुदूरपश्चिम, १ फागुनः दार्चुलाको शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशी मृत फेला परेको घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुलेपछि दार्चुला शैल्यशिखर नगरपालिका–९का २४ वर्षीय उमेश साउद र बैतडी जिल्ला डिलासैनी गाउँपालिका–५ का गोपाल नाथलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
मृतकको साथबाट लुटिएको सुनजस्तो देखिने दुई थान कानको मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली निजहरूबाट बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो । गत माघ २७ गते सोही वडाको देवल भन्ने स्थानमा वृद्ध महिलाको शव फेला परेको थियो । —


















