लाेक दाेहाेरी गायिका सकुन्तला गैरे ले अब बन्ने नयाँ सरकारका प्रधानमन्त्रिलाई सामाजिक सञ्जाल मार्फत खुल्ला पत्र लेखेकी छिन । उनले नयाँ बन्ने सरकारले कलाकारका समस्याका वारेमा पनि संवाेधन गरिनु पर्ने वतायकी छिन । उनले नयाँ बन्ने सम्मानिय प्रधानमन्त्रीज्युलाई सम्वाेधन गरि लेखेकाे पत्र यस्ताे रहेकाे छ ।
सम्माननिय प्रधान मन्त्री ज्यु
चुनाव सकियो लगभग नतिजा पनि आयो।
चुनाव प्रचार प्रसारमा अहम भुमिका कलाकारले गरे। बाटो भरि कलाकारका गित घन्किए। सक्नेले आफै उपस्थित भएर गाए नसक्नेले स्टुडियोमा गित तयार पार्दिए।संगितको धुनमा लाखौं जनताले आफ्नो नेताको प्रचारमा नाचे। जे होस कलाकारले गाली खाएरै भए पनि नेताका लागि सभ्य गित गाएर मनै देखि सहयोग गरे। गितका शब्दमा न कसैको रिस न कसैको डाह न कसैलाइ डोमिनेट आह! खुलेर जुनै पाटिको पनि प्रशंसा गरेर गाए। गितमा संस्कार छ संस्कृति छ त्यसै भनिएको हैन।
अब प्रश्न र प्रस्ताव यो छ कि कला संस्कृति र कलाकारलाई जोगाउने भुमिका अबका प्रधानमन्त्रीले कसरी गर्लान? हाम्रो विषयमा आज सम्म सरकारमा कसैले बोलिदिएको छैन। बोलोस पनि कसरी कलाकारिताबाट प्रतिनिधित्व नै छैन।
जन्मे देखि मृत्य सम्म हाम्रो जीवनमा केवल धुन छ संगित छ यो धुनलाई जस्ले धानी राख्नु भएकाे छ ,उसैलाई सरकारबाट सम्बोधन छैन। एउटा सरकारी कर्मचारीले निश्चित समयअवधी काम गरे बापत तलब भत्ता स्वास्थ्य सुविधा लगायतका विविध सुविधा पाँउछ भने कलाकारको न काम गर्ने आयु छ न कुनै सुबिधा न तलव ? तर पनि निरन्तर यहि माटोका लागि अन्तिम सास सम्म गाएकाे हुन्छ। कलकार बिरामी पर्यो अथवा कुनै सङ्कट पर्यो भने तिनै कलाकारबाट चन्दा उठाएर औषधी उपचार गर्नु पर्छ। कति कलाकार गाँउदा गाँउदै छाक टार्न नसकेर विदेशिनु पर्छ।
मलाइ अबका प्रधान मन्त्री को बन्लान भन्दा पनि कलाकार र कलाकारिताको सेवा सुविधा स्वास्थ्य शिक्षा लगाएत अन्य सुविधा विषयमा संविधान सम्शोधन हुनै पर्छ भन्ने मेरो माग छ।
कलाकार
शकुन्तला गैरे


















