जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं साधारण सभा सम्पन्न

बुटवल – जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं साधारण सभा होटल न्यू ईरा बुटवलमा मिति २०८२।११।३० गते सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा सम्पन्न भएको हो । साधरण सभामा संस्थाका सञ्चालक हुँमा कुमारी कुँवर थापाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

साधारण सभामा संचालक समतिका अध्यक्ष बीकेले आ.ब ०८१।०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । साधरण सभामा प्राध्यापक डाःद्रोण प्रकाश रसाली,पूर्व अध्यक्षहरु तथा संस्थापक बाबुराम विश्वकर्मा,डा.यम बहादुर बि.के र रेवन्त बहादुर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोहि सभामा पूर्व सञ्चालक तथा संस्थापक माधब प्रसाद नेपाल,पूर्व सञ्चालक तथा सर्वसाधरण शेयर धनि गोकर्ण बहादुर कार्कि क्षेत्रि, नेपाल सरकार का सहसचिव सफल पोर्तेल, संस्थाको बैकिङ समुदाय सदस्य तथा उद्यमि सरिता जोसिले मन्तब्य राख्नु भएको थियो ।

साधरण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तु्त प्रतिवेदन पारित ,आ.ब ०८१।०८२ को वासलत,नाफा नोक्सान हिसाब,नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचि पारित,आ.ब ०८२।०८३ को बाह्य लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

विशेष प्रस्ताबको रुपमा अन्य उपयुत संस्थालाई गाम्ने,गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई अधिकार प्रत्योजन गर्ने निर्णय गरेको छ । उक्त सभा मा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार राय ले संस्था को संक्षिप्त्त गतिविधि प्रस्तुत गरेका थिय ।

संस्थाले मिति २०८२ पौष मसान्तसम्म कुल ४३५७३ सेवा ग्राहि सदस्यलाई सेवा प्रबाह गरेको छ । सोहि अवधिमा रु २१९९०२१९०७ कुल कर्जा लगानी र रु १००६३६३१३७ बचत परिचालन गरेको छ ।