अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ, ११ चैतः संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ ।

विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा उहाँले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो । –––