काठमाडौं । लगातार दुई दिनमा ८ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सुनको मूल्य सोमबार प्रतितोला ५ हजार रुपैयाँ र मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेको थियो ।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला २ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो ।
त्यसअघि सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले घटेको थियो ।


















